धारिलो हतियार प्रहार गरी बुहारीको हत्या

वैशाख १४, २०८२

ओमप्रकाश ठाकुर

The daughter-in-law was killed with a sharp weapon

सर्लाही — सर्लाहीको सीमावर्ती क्षेत्र विष्णु गाउँपालिकामा आइतबार जेठाजुले धारिलो हतियार प्रहार गरी बुहारीको हत्या गरेका छन् । 

भारतसँग सीमा जोडिएको विष्णु गाउँपालिका–३, मधुवनगोठका ४० वर्षीय साहेब पासवानले बुहारी ३६ वर्षीया रेनुदेवी पासवानको हत्या गरेका हुन् । साहेबले धारिलो हतियार (फर्सा) प्रयोग गरेको प्रहरीले जनाएको छ ।  

प्रारम्भिक अनुसन्धानमा साहेबले आइतबार बिहान रेनुदेवीसँग खाना मागेको र सोही समयमा विवाद भएपछि एक्कासि फर्सा निकालेर प्रहार गरेको पाइएको  प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहले जानकारी दिए । 

घटना लगत्तै प्रहरीले साहेबलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय ल्याएको छ । मृतक रेनुदेवीको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ । रेनुदेवीका श्रीमान् गजेन्द्र मजदुरीका लागि भारतमा छन् ।

ओमप्रकाश ठाकुर

Link copied successfully