जनकपुरधाम — सर्वसाधारणलाई ठगी गर्ने एक जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान र सीआइबीको कर्मचारी हुँ भन्दै ठगी गर्ने एक जनालाई सहिदनगर नगरपालिकाबाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा बटेश्वर गाउँपालिका–५ कालिपुरका ३० वर्षीय रामभजन मण्डल रहेका छन् । उनले आम सर्वसाधारण र प्रहरीलाईसमेत झुक्याएर ठगी गर्ने गरेको धनुषा प्रहरीले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।
अख्तियार दुरुपयोग अनुसन्धान बर्दिबास र केन्द्रीय अनुसन्धान ब्यूरोको कर्मचारी हुँ भन्दै विभिन्न लाभ लिने गरेका थिए । लाभ नपाएको ठाउँमा धाकधम्कीसमेत दिने गरेको प्रहरीले जनाएको छ ।
