ट्र्याक्टर पल्टिँदा युवकको मृत्यु

वैशाख ११, २०८२

विद्यानन्द राम

A young man died when the tractor overturned

राजविराज — सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ मा बिहीबार ट्र्याक्टर पल्टिँदा एक जना युवकको मृत्यु भएको छ । माटो लोड गरेर रम्पुरा मल्हनियाँतर्फ गइरहेको स १ त ५०८३ नम्बरको ट्र्याक्टर दुर्घटना भएको हो ।

दुर्घटनामा स्थानीय २१ वर्षीय जितेन्द्र यादवको टाउकोमा चोट लागेर गम्भीर घाइते भएका थिए । उनलाई राजविराजस्थित छिन्नमस्ता अस्पताल ल्याइएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए । 

दुर्घटनामा स्थानीय २० वर्षीय दिपेश यादव घाइते भएका छन् । हातमा चोट लागेर घाइते भएका दिपेशलाई उपचार भइरहेको छ । दुर्घटना थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

विद्यानन्द राम विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully