छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बुवा पक्राउ 

वैशाख १०, २०८२

कान्तिपुर संवाददाता

Father arrested for forcing his daughter

पर्सा — आफ्नै नाबालिका छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बाबु पक्राउ परेका छन् । वीरगंज महानगरपालिका–१४ का ४१ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको हो । 

सोमबार बिहान ६ बजेतिर ती पुरुषले १४ वर्षीया छोरीलाई आफ्नो कोठामा लगेर जबरजस्ती करणी गरेको आरोप छ ।

जेठी पत्नीतिरकी छोरीलाई करणी गरेको र कसैलाई भनेमा ज्यान मार्ने धम्की दिएको पीडितले बताएकी छिन् । 

यस अघि पनि उनले पटक–पटक छोरीलाई करणी गर्दै आएको जाहेरी पीडितकी आमाले दिएपछि उनलाई सोमबार नै घरबाट पक्राउ गरिएको हो ।

उनलाई मंगलबार जिल्ला अदालतबाट करणी सम्बन्धी कसुरमा पाँच दिन म्याद लिएर अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता डिएसपी किशोर लम्सालले जानकारी दिए ।

कान्तिपुर

Link copied successfully