मधेश सरकारले ३२ विद्यालयलाई नमूना बनाउने

वैशाख ७, २०८२

कमलेश ठाकुर

The Madhesh government will make 32 schools a model

काठमाडौँ — मधेश प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले ३२ वटा निर्वाचन क्षेत्रमा एक/एक नमूना विद्यालय बनाउने सहितका चार वटा निर्णय गरेको छ ।

प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा हुने गरी ३२ वटा नमूना विद्यालय बनाउने, मधेश प्रदेशको मिडिया काउन्सिल र आमसञ्चार प्राधिकरणमा अध्यक्ष नियुक्तसहितको चार वटा निर्णय गरेको गृह तथा सञ्चार मन्त्री एवं मधेश सरकारका प्रवक्त राजकुमार लेखीले जानकारी दिए । उनका अनुसार काउन्सिलमा बाराका कमल उपाध्याय र प्राधकरणमा सप्तरीका जितेन्द्र खड्कालाई नियुक्त गरिएको छ । 

यसअघि प्राधिकरणमा रहेका श्याम सुन्दर यादव र काउन्सिलमा निमित प्रमुख रहेका कैलाश दासको पदावधि सकिएको थियो । केही महिनादेखि यी दुबै निकाय अध्यक्ष विहीन थिए ।
मुख्यमन्त्री कार्यालयमा सचिव उद्धव रिजाललाई र गृह तथा सञ्चार मन्त्रालयमा विमल बराललाई ल्याउने निर्णय भएको मन्त्री लेखीले बताए ।

कमलेश कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully