पर्सा — सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयका निमित्त बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कालिदास धौवजीले गलत काम गर्ने प्रहरीलाई कारबाही र राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने बताएका छन् ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साको १८ औं स्थापना दिवसको अवसरमा आइतबार वीरगन्जमा आयोजित समारोहलाई सम्बोधन गर्दै धौवजीले आफुहरु बर्दीवाला र जनता बिनाबर्दीको प्रहरी रहेको बताए । यस्ता कार्यक्रमले जनता र सशस्त्र प्रहरीबीचको अन्तरसम्बन्ध विस्तार तथा भाइचारा वृद्धि हुनेसमेत उनले बताए ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका हेडक्वाटर पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालको अध्यक्षतामा भएको कार्यक्रममा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो भने उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई पुरस्कृत समेत गरिएको थियो । सशस्त्र प्रहरीलाई सहयोग पुर्याउने विभिन्न संघसंस्था तथा व्यक्तिलाई पनि कदरपत्र सहित सम्मानित गरिएको थियो ।
