चामलको बोराभित्र लागुऔषध, दुईजना पक्राउ

वैशाख ६, २०८२

शंकर आचार्य

Drugs in rice sacks, two arrested

काठमाडौँ — प्रहरीले लागुऔषधसहित दुई युवकलाई जिराभवानी गाउँपालिका–३ नौकाटोलस्थित हुलाकी सडक खण्डबाट पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पटेर्वासुगौली र इलाका प्रहरी कार्यालय सेढवाबाट खटिएको संयुक्त प्रहरी टोलीले शुक्रबार साँझ सुवर्णपुरबाट वीरगन्जतर्फ आउँदै गरेको ना १२ प ३१०६ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा मोटरसाइलमा लोड गरिएको चामलको बोराबाट लागुऔषध बरामद भएको थियो । 

मोटरसाइकल चालक जिराभवानी–५ हरैया टोलका २५ वर्षीय दिलिपप्रसाद राय र सोही ठाउँका २२ वर्षीय रामविद्या प्रसाद खाँ थारु पक्राउ परेका हुन् । चामलको बोराबाट प्रहरीले प्रतिबन्धित लागुऔषध नाइट्राजेप ट्याबलेट ८ सय ८६ थान फेला परेको छ । दुवैलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको पर्सा प्रहरीका प्रवक्ता डिएसपी किशोर लम्सालले जानकारी दिए ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully