पर्सामा एक महिनामा ५५ फरार प्रतिवादी पक्राउ

वैशाख ६, २०८२

कान्तिपुर संवाददाता

55 fugitive accused arrested in one month in Parsa

पर्सा — पर्सा प्रहरीले १ महिनाको अवधिमा ५५ फरार प्रतिवादी पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालयबाट खटिएको कैद असुल तथा फैसला कार्यान्वयन विशेष टोलीले चैत १ देखि चैत ३१ सम्मको अवधिमा विभिन्न मुद्दामा जरिवाना तोकिएका ५५ फरार प्रतिवादी पक्राउ गरेको हो ।

पर्सा जिल्ला अदालतबाट विभिन्न मिति र समयमा भएको फैसला कार्यान्वयन सिलसिलामा पक्राउ परेकालाई अदालतमा दाखिला गरिएको पर्सा प्रहरीका प्रवक्ता डीएसपी सुवास भट्टले जानकारी दिए ।

कान्तिपुर

Link copied successfully