मधेशमा आज जुडशीतल मनाइँदै

वैशाख २, २०८२

विनय आजाद

Judsheetal is being celebrated today in Madhesh

सिरहा — मधेश क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदै छ । आजका दिन मान्यजनले आफूभन्दा सानालाई शीरमा पानी हाल्दै आरोग्य र दीर्घजीवनको आशीर्वाद दिन्छन् ।

आजकै दिन किसानहरूले खेतबारीमा पनि पानी हाल्ने गर्छन् । संस्कृतिविद्हरूका अनुसार, मानवलगायत बिरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य हो ।

Judsheetal is being celebrated today in Madhesh

आजका दिन घरघरमा मीठा घरेलु परिकार भोजन गर्ने परम्परा पनि छ । मधेश प्रदेश सरकारले जुडशीतलको अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

विक्रम संवत् अनुसारको नयाँ वर्ष प्रारम्भमा मनाइने दुई दिने यो पर्वको पहिलो दिनलाई सतुवाइन र दोस्रो दिनलाई जुडशीतल भन्ने चलन छ । 

विनय आजाद आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully