जनकपुरधाम — मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा भण्डारीले चौथो अधिवेशन अन्त्य गरेकी छन्। आइतबार प्रदेश प्रमुख कार्यालयका कानून अधिकृत सुरेन्द्र महतोले विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख भण्डारीले प्रदेशसभाको अधिवेशन अन्त्य गरेको जानकारी दिए।
प्रदेश मन्त्रिपरिषद् बैठकले शनिवार प्रदेश सभाको अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो। प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १८३ को उपधारा २ बमोजिम अधिवेशन अन्त्य गरेकी महतोले जनाएका छन्।
गत पुष २३ गतेदेखि यो अधिवेशन सुरु गरिएको थियो । यस अधिवेशनमा २३ वटा बैठक बसेका छन्।
मधेश प्रदेश सभामा सरकारको कडा अलोचना भइरहेको थियो। सोही कारण सरकार प्रतिपक्षसँग डराएर अधिवेशन अन्त्य गरेको भन्दै विपक्षी दलका सांसदहरूले आरोप लगाएका छन्।
