मधेश प्रदेशसभा : तीन विधेयक प्रमाणीकरण

चैत्र २७, २०८१

कमलेश ठाकुर

Madhesh Pradesh Sabha: Verification of three bills

जनकपुर — मधेश प्रदेशसभाले बनाएको तीन वटा विधेयक प्रदेश प्रमुख सुमित्रा भण्डारीले प्रमाणीकरण गरेकी छिन् । मधेशमा पर्यटनको विकास र प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश बाल अधिकारसम्बन्धी ऐन २०७७ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण भएको हो ।

बुधबारको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्रमाणीकरणसम्बन्धमा पठाएको पत्र सभामुख रामचन्द्र मण्डलले सदनमा वाचन गरेर सुनाएा थिए । अब प्रमाणीकरण भएको विधेयक प्रदेश राजपत्रमा प्रकाशन हुने छन् । त्यसपछि ती विधेयक ऐन रूपमा कार्यान्वयन हुनेछन् ।

कमलेश कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully