जनकपुर — प्रधानमन्त्री केपी शर्मा ओली जनकपुर आइपुगेका छन् । मंगलबार मधेश प्रदेशसभामा सम्बोधन गर्न प्रधानमन्त्री जनकपुर आइपुगेका हुन् ।
नेपाली सेनाले हेलिकप्टरबाट पुष्पवृष्टि गरेर प्रधानमन्त्रीलाई स्वागत गरेको थियो । प्रदेशसभामा नेपाल प्रहरीले प्रधानमन्त्री ओलीलाई सलामी दिएको थियो ।
प्रधानमन्त्री ओलीले मधेश प्रदेशसभामा सम्बोधन गर्दैछन् । मधेश प्रदेशसभामा प्रधानमन्त्री ओलीले दोस्रो पटक सम्बोधन गर्न लागेका हुन् । यसअघि उनले ०७५ भदौ २ गते पनि सम्बोधन गरेका थिए ।
