मोटरसाइकल दुर्घटनामा वनरक्षकको मृत्यु 

चैत्र २६, २०८१

विद्यानन्द राम

A forest guard died in a motorcycle accident

राजविराज — सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका-५ बक्धुवामा मंगलबार मोटरसाइकल दुर्घटना हुँदा वनरक्षकको मृत्यु भएको छ । 

पूर्व-पश्चिम राजमार्गअन्तर्गत महुलीतर्फ जाँदै गरेको प्र.२-०२-००२ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका-७ मन्सापुरका ५० वर्षीय हरेराम मण्डलको मृत्यु भएको सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए । उनकाअनुसार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो । 

दुर्घटनामा घाइते भएका मण्डललाई राजविराजस्थित गजेन्द्रनारायण अस्पताल ल्याउॅंदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

मृतक मण्डल महुली सबडिभिजन वन कार्यालयमा वनरक्षक पदमा कार्यरत थिए । 

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully