उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठ पर्व सम्पन्न [तस्बिरहरु]

चैत्र २२, २०८१

सन्तोष सिंह

Chaiti Chhath festival celebrated by offering arghya to the rising sun [Photos]

धनुषा — जलाशयमा उभिएर व्रतालुहरुले शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठपर्व सम्पन्न भएको छ । जनकपुरको गंगासागर, अङ्गराज सर पोखरीलगायतको जलाशयमा चैती छठ पर्व मनाउन व्रतालुहरुको घुइँचो लागेको थियो ।

Chaiti Chhath festival celebrated by offering arghya to the rising sun [Photos]

पर्वको चौथो दिन आज बिहान तराईको विभिन्न जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै धुमधामका साथ चैती छठ पर्व सम्पन्न भएको छ । छठको प्रसाद केरा, भुसवा, ठकुवा, नरिवल, उखु, मुलासहित पकवानलाई जलाशयमा भिजाएर सूर्यलाई अर्घ्य अर्पण गर्ने परम्परा छ ।

Chaiti Chhath festival celebrated by offering arghya to the rising sun [Photos]

चार दिनसम्म मनाइने यस पर्वको पहिलो पर्वको पहिलो दिन ‘नहाय–खाय’, दोस्रो दिन ‘खरना’, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य दिइएको छ ।

Chaiti Chhath festival celebrated by offering arghya to the rising sun [Photos]

पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनको घुइँचो लाग्छ ।

Chaiti Chhath festival celebrated by offering arghya to the rising sun [Photos]
Chaiti Chhath festival celebrated by offering arghya to the rising sun [Photos]
Chaiti Chhath festival celebrated by offering arghya to the rising sun [Photos]
Chaiti Chhath festival celebrated by offering arghya to the rising sun [Photos]
Chaiti Chhath festival celebrated by offering arghya to the rising sun [Photos]
Chaiti Chhath festival celebrated by offering arghya to the rising sun [Photos]

सन्तोष सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully