सिरहाको जिल्ला प्रशासन कार्यालयबाट ६ बिचौलिया पक्राउ 

चैत्र १९, २०८१

विनय आजाद

6 middlemen arrested from the district administration office of Siraha

सिरहा — जिल्ला प्रशासन कार्यालय, सिरहाबाट ६ जना बिचौलिया पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, सिरहाले मंगलबार कार्यालय परिसरबाटै ६ जनालाई नियन्त्रणमा लिएको हो ।

सेवाग्राहीलाई काम गराइदिने भन्दै अनावश्यक हैरानी दिने गरेको सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए । यस विषयमा अनुसन्धान भइरहेकोले अहिले नाम भने सार्वजनिक गर्न नमिल्ने प्रहरीले बताएको छ ।

जिल्ला प्रशासनका कर्मचारीसँग मिलेर सेवाग्राहीसँग उनीहरूले असुली गर्दै आएका थिए ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully