महोत्तरी — महोत्तरीको बर्दिबासबाट २ सय ३५ केजी ६ सय ग्राम गाँजासहित एक जना पक्राउ परेका छन् । बर्दिबास-३ स्थित अस्थायी ट्राफिक प्रहरी पोस्टबाट विशेष सूचनाका आधारमा प्रहरीले गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको महोत्तरी प्रहरीले जनाएको छ ।
प्रहरीले सिन्धुलीबाट बर्दिबासतर्फ जाँदै गरेको बागमती प्रदेश-०१-००६ ख ५३७१ नम्बरको नीलो रंगको मिनिट्रकलाई रोकी चेक गर्दा २० पोकामा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी सन्तुलाल जैसवारले जानकारी दिए ।
मिनीट्रक र चालक मकवानपुर थाहा नगरपालिका-७ डाँडाबास बस्ने २७ वर्षका कविराज गोलेलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको जैसवारले बताए ।
