लहान नगरपालिकाद्वारा २ सय विपन्न परिवारलाई खाद्यान्न सामग्री

चैत्र १७, २०८१

विनय आजाद

Foodstuffs for 200 needy families by Lahan municipality

सिरहा — सिरहाको लहान नगरपालिकाले मुसलिम समुदायका दुई सय विपन्न घर परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको छ । नगरपालिकाले मुसलिम समुदायको पर्व ईदलाई लक्षित गर्दै खाद्यान्न सामग्री वितरण गरेको हो ।

खाद्यान्न सामग्रीमा चामल १० किलो, नुन १ किलो, दाल, तेल, सोयाबिन, चिनी, मटर, मासु र चानालगायत रहेको लहान नगरपालिकाका नगर प्रमुख महेश चौधरीले बताए । उनका अनुसार, खाद्यान्न सामग्री उपलब्ध गराइएकाहरू लहानका विभिन्न वडाका बासिन्दा हुन् ।

आर्थिक अभावले ईद पर्व मनाउन कसैलाई कुनै प्रकारको समस्या नहोस् भन्ने उद्देश्यले राहतका रूपमा खाद्यान्न सामग्री वितरण गरिएको नगर प्रमुख चौधरीले जनाए ।

विनय आजाद आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully