पर्सामा ६४ किलो गाँजा बरामद

चैत्र १२, २०८१

कान्तिपुर संवाददाता

64 kg of ganja seized in Parsa

पर्सा — सशस्त्र प्रहरीले पर्साबाट लागुऔषध गाँजा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस बहुअर्वाभाठाबाट खटिएको टोलीले बहुदरमाई नगरपालिका–९ विश्रामपुरमा पर्ने ढंगही खोला छेउ बेवारिस अवस्थामा लुकाएर राखेको अवस्थामा सोमबार गाँजा बरामद गरेको हो । 

बरामद गाँजा ६ वटा पोकामा ६४ किलो रहेको छ । बरामद गाँजा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पोखरीयामा बुझाइको सशस्त्र प्रहरी पर्साका प्रवक्ता डीएसपी नरेन्द्रसिंह धामीले जानकारी दिए ।

कान्तिपुर संवाददाता

Link copied successfully