पर्सा — वीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा हरि गौतम निर्विरोध निर्वाचित भएका छन् । संघको ४९ साधारणसभाले अध्यक्षसहित सबै पदाधिकारी तथा सदस्यहरु निर्विरोध निर्वाचित गरेको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा माधव राजपाल, द्वितीय उपाध्यक्ष मनोज दास, महासचिव शिवजीप्रसाद कलवार, कोषाध्यक्ष अनोज रुंगटा, सचिवमा प्रेमचन्द्र गोयल र सुशान्त चाचान निर्वाचित भएका छन् ।
सहकोषाध्यक्षमा निरज अग्रवाल, सहसचिव नरेश टिवडेवाल र अनुप अग्रवाल निर्विरोध निर्वाचित भएका छन् ।
