कृषि औजार कारखानाबाट उत्पादित सामग्रीको व्यावसायिक बिक्री तयारी

सरकारले वाचा पूरा नगरेपछि कारखाना सञ्चालन गर्न आत्मकथा बेचेर रकम जुटाउँदै महावीर पुन

चैत्र ८, २०८१

शंकर आचार्य

Commercial sales preparation of products produced by agricultural implement factories

पर्सा — राष्ट्रिय आविष्कार केन्द्रले दुई वर्षदेखि सञ्चालन गरिरहेको वीरगन्जस्थित कृषि औजार कारखानामा डेढ दर्जनभन्दा बढी प्रकारका कृषि औजार र उपकरण उत्पादन भएका छन् । कारखानाबाटै करिब ९ लाख रुपैयाँ बराबरका सामग्री बिक्रीसमेत भइसकेको छ ।

केन्द्रका प्रमुख इन्जिनियर रितेश देवले दुई महिनाभित्र कृषि उपकरणको व्यावसायिक रुपमा बिक्री गर्ने योजना रहेको बताए । उनका अनुसार पछिल्लो समय कारखानामा उत्पादन भइरहेको फर्सा, चुप्पी, खुकुरीलगायतका सामग्रीको राम्रो माग छ । 'कवाडका सामान, गाडीको स्प्रिङको स्टिल र काठ प्रयोग गरेर बनाइने यस्ता घरेलु हतियारको काठमाडौं, चितवन, कलैया, हेटौंडाबाट राम्रो माग छ,' उनले भने । 

२ सय ५०, ४ सय ५० र ६ सय ५० रुपैयाँ मूल्य पर्ने यस्ता हतियार प्रहरी र सेक्युरिटी कम्पनीले खरिद गरिरहेका छन् । कतिपय सर्वसाधारण आफै कारखानामा आई खरिद गरी लग्ने गरेका छन् । 

केन्द्रले हालसम्म कारखानामा धान काट्ने रिपर, आलु खन्ने डिगर, आलु रोप्ने प्लान्टर, धान रोप्ने राइस प्लान्टर, गोबर पेल्ने डङ डिवाटरिङ, प्लास्टिक बनाउने मल्चर, घाँस काट्ने, धान गोड्ने, खन्ने आदि काम गर्ने विडर, कल्टीभेटर, थ्रेसर, दाना बनाउने पेलेट मेसिन, केराको फाइबर निकाल्ने मेसिन, माटाको भाँडा बनाउने इलेक्ट्रिक पोट्री मेसिनको सफल परीक्षण उत्पादन गरिसकेको छ । Commercial sales preparation of products produced by agricultural implement factories

यसबाहेक कुटो,कोदालो, चाप कटर आदि ससाना कृषि उपकरण पनि उत्पादन भएको छ । धान काट्ने मेसिन रिपर र धान झार्ने थ्रेसरको समेत उत्पादन गरिसकिएको देवले बताए ।  

उनका अनुसार हाते ट्र्याक्टरमा जोड्न सकिने प्रायःसबै प्रकारका उपकरण कारखानामा उत्पादन भइरहेको छ । 'यस्ता कतिपय उपकरण नेपालमा उत्पादन हुँदैनन् । भारत वा चीनबाट आउँदा महँगो पर्छ र । स्वदेशमै उत्पादित उपकरण तुलनात्मक रुपमा सस्तो  हुन्छ,' उनले भने ।Commercial sales preparation of products produced by agricultural implement factories

ठूलो परिमाणमा उपकरण उत्पादन हुन थालेकाले कारखानाको पछाडितर्फ रहेको एउटा खाली भवनलाई गोदामका रुपमा प्रयोग गर्ने केन्द्रको योजना छ ।

कारखानामा हाल ४० जनशक्ति कार्यरत छन् । तिनमा मेकानिकल/इन्डस्ट्रियल/इलेक्ट्रिकल इन्जिनियर, मेकानिकल ओभरसियर र फेब्रिकेटर टेक्निसियनलगायत रहेका छन् । 

२०७९ माघ १ देखि केन्द्रले नेपाल सरकारबाट यो कारखाना आफ्नो जिम्मामा लिई सञ्चालन गरिरहेको छ । कारखाना सञ्चालनमा हालसम्म केन्द्रले करिब ३ करोड रुपैयाँ खर्च गरी सकेको र उक्त रकम पनि केन्द्रका संस्थापक वैज्ञानिक महावीर पुनले आफ्नो आत्मकथा पुस्तक बिक्री गरेर जम्मा गरेको इन्जिनियर देव बताउँछन् ।

Commercial sales preparation of products produced by agricultural implement factories

२०२४ सालमा तत्कालीन राजा महेन्द्रले शिलान्यास गरी सञ्चालनमा आएको कृषि औजार कारखाना २०४६ सालको परिवर्तनपछि रुग्ण अवस्थामा गएको थियो । २०४९ सालमा कारखाना पूर्ण रुपले बन्द भयो ।सरकारले बाचा गरेअनुसार कारखाना सञ्चालन गर्न २० करोड रुपैयाँ नदिएको गुनासो गर्दै केन्द्रका सञ्चालक वैज्ञानिक महावीर पुन आत्मकथा बेचेर उक्त रकमको जोहो गर्ने अभियानका लागिपरेका छन् । 

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully