सिरहामा जबरजस्ती करणी आरोपमा एक पक्राउ

चैत्र ७, २०८१

विनय आजाद

One arrested for extortion in Siraha

सिरहा — सिरहा प्रहरीले गोलबजारबाट एक युवकलाई जबरजस्ती करणी आरोपमा पक्राउ गरेको छ । गोलबजारका स्थानीय व्यवसायी महेश साह (कोकवा) का २४ वर्षीय छोरा अजय साह बिहीबार पक्राउ परेका हुन् ।

उनीमाथि एक युवतीलाई ललाइफकाइ विवाह गर्ने प्रलोभनमा पटक–पटक जबरजस्ती करणी गरेको आरोप लगाउँदै प्रहरीमा जाहेरी परेको थियो । त्यसयता उनी लुकीछिपी बस्दै आएका थिए ।

इलाका प्रहरी कार्यालय, गोलबजारको टोलीले गोलबजार नगरपालिका-४ सातपत्रे खोला नजिकबाट उनलाई पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।

विनय आजाद आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully