महेन्द्र विन्देश्वरी बहुमुखीको सभापतिमा दोहोरिए रञ्जितकुमार

चैत्र ६, २०८१

विद्यानन्द राम

Ranjith Kumar was re-elected as the chairman of Mahendra Vindeshwari Multibhaya

राजविराज — सप्तरीको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजको स्ववियु सभापतिमा रञ्जितकुमार यादव दोहोरिएका छन् ।

मंगलबार सम्पन्न मतदानपछि भएको मतगणनामा समाजवादी विद्यार्थी युनियन र अखिल क्रान्तिकारीका संयुक्त उम्मेदवार रहेका यादव ३ सय ९३ मत प्राप्त गर्दै दोस्रो कार्यकालका लागि निर्वाचित भए । 

निर्वाचन समितिका संयोजक नन्दकिशोर यादवका अनुसार उनका निकटम प्रतिद्वन्द्वी स्वतन्त्रबाट विनयकुमार यादवले ३ सय ३२ मत प्राप्त गरेका छन् । यस्तै सचिवमा पनि सोही प्यानलका मुकेशकुमार साह निर्वाचित भएका छन् । 

साहले ३ सय ९५ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी अजय यादवले ३ सय २४ ले मत प्राप्त गरे । त्यस्तै, कोषाध्यक्षमा कञ्चनकुमारी ठाकुर ४ सय १० मत ल्याउँदै निर्वाचित भइन् । उनका प्रतिस्पर्धी मो.अबुजर आलमले २ सय ९५ मत प्राप्त गरे । 

प्रत्यक्षतर्फ सदस्य र समानुपातिकतर्फको मतगणना भने हुने क्रममा रहेको निर्वाचन समितिका संयोजक यादवले बताए । कूल तीन हजार १२ जना मतदाता रहेको  मंगलबार मतदान हुँदा ४६ दशमलव ६० प्रतिशत मत खसेको थियो ।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully