जनकपुर — जनकपुरस्थित मुख्यालय रहेको राजर्षि जनक विश्वविद्यालयले कर्मचारी भर्नाका लागि निकालेको विज्ञापनमा समावेशीको सिद्धान्तलाई नअपनाएको भन्दै जनता समाजवादी पार्टी नेपालको विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनले विरोध जनाएका छन् ।
समाजवादी युनियनले धनुषा समितिले विश्वविद्यालयलाई ज्ञापनपत्र बुझाउँदै समावेशीअनुसारको विज्ञापन फेरि गर्न ध्यानाकर्षण गराएको छ ।
विश्वविद्यालयले करार तथा दैनिक ज्यालादारीमा शिक्षक तथा कर्मचारी भर्नाका लागि हालै सूचना प्रकाशित गरेको थियो । ३ दिनभित्र समावेशी सिद्धान्तअनुसार पुनः विज्ञापन गर्न माग गरेको छ ।
