प्रहरी हिरासतबाट एक थुनुवा फरार

फाल्गुन २९, २०८१

विनय आजाद

A prisoner escaped from police custody

सिरहा — सिरहामा प्रहरी हिरासतमा रहेका एक थुनुवा फरार भएका छन् । इलाका प्रहरी कार्यालय, मिर्चैयाको नियन्त्रणमा रहेका अर्नमा गाउँपालिकाका असलम मन्सुरी बिहीबार बुलेकी फरार भएका हुन् ।

अभद्र व्यवहार मुद्दामा बिहीबार नै उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय, मिर्चैयाले जनाएको छ । 'उनको खोजी भइरहेको छ,' मिर्चैयाका प्रहरी प्रमुख डीएसपी पञ्चकुमार बाखुले भने, 'विभिन्न स्थानमा प्रहरी परिचालन गरेर हामी खोजीमा जुटेका छौं ।'

विनय आजाद आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully