राजविराज — चैत ५ मा हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजबाट सभापति पदमा ७ जनाको उम्मेदवारी परेको छ ।
जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी विद्यार्थी युनियन नेपाल र नेपाल विद्यार्थी संघबाट दुई-दुई जनाले सभापति पदमा उम्मेदवारी दिएका छन् ।
निर्वाचन प्रमुख नन्दकिशोर यादवका अनुसार सभापति पदमा समाजवादी विद्यार्थी युनियन नेपालका तर्फबाट रन्जितकुमार यादव र विनयकुमार यादवले उम्मेदवारी दिएका हुन् । यस्तै नेपाल विद्यार्थी संघबाट नितिशकुमार यादव र ओमशंकर साह, अनेरास्ववियुबाट मनिषाकुमारी साह, विद्यार्थी जनमत संघबाट त्रिवेणीकुमार यादव र अखिल क्रान्तिकारीबाट राकेशकुमार यादवले उम्मेदवारी दर्ता गराएका छन् ।
अन्य पदमा उम्मेदवारी दिएकाहरुको सूची अद्यावधिक गर्ने कार्य भइरहेको प्रमुख यादवले बताए ।
अध्यक्षसहित १० पदमा प्रत्यक्ष र ९ पदमा समानुपातिक निर्वाचन हुनेछ ।
