भन्सार छलेको समानसहित पक्राउ

फाल्गुन २७, २०८१

शिव पुरी

Arrested with customs evaded goods

रौतहट — रौतहट प्रहरीले मंगलबार भारतबाट अवैध रुपमा भित्र्याएका समानसहित एकजनालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरीका साथै मातहतबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानमा सवारी रोकी जाँच गर्ने क्रममा अवैध रुपमा भारतबाट भन्सार छलेर ल्याउँदै गरेको मोटरसाइकलको पार्टपुर्जा, लत्ताकपडा, किराना पसलका सामान फेला पारेको हो । 

बिआर ३० एक्स २४०७ र बिआर ०५ जेड ७२६८ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा राखेर ल्याउँदै गरेको अवस्थामा समानसहित गौर नगरपालिका–४ टिकुलियाका २५ वर्षीय भोला साहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरीका डीएसपी दीपकुमार रायले जानकारी दिए । प्रहरीलाई देख्नासाथ अर्का एकजना फरार भएका थिए । 

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully