धनुषा — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय महोत्तरी जलेश्वरका कर्मचारी र लेखापढी व्यवसायीलाई घुससहित पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयबाट खटिएको टोलीले खरिदार मुन्नुकुमार दास र लेखापढी व्यवसायी जिवछ महतोलाई ३५ हजार नगद घुससहित पक्राउ गरेको हो । जग्गाधनी पुर्जाको विषयमा सेवाग्राहीसँग ३५ हजार माग गरेको उजुरीका अधारमा दुवै जनालाई पक्राउ गरिएको आयोगको कार्यालय बर्दिबासले जनाएको छ ।
