वडाध्यक्षको घरमा आगलागी हुँदा घरसहित १० वटा चौपाया जले

फाल्गुन २५, २०८१

अवधेशकुमार झा

A fire broke out in the house of the Ward President and 10 houses were burnt

राजविराज — सप्तरीको डाकनेश्वरी नगरपालिका ७ का वडाध्यक्ष शत्रुधन मण्डलको घरमा आइतबार राति आगलागी भएको छ ।

राति अचानक आगलागी हुँदा मण्डलको घर र गोठ जलेको छ । प्रहरीका अनुसार आगलागीबाट गोठमा रहेका ७ वटा बाख्रा, २ वटा खसी तथा १/१ वटा भैसी र पाडा जलेर मरेका छन् । 

आगलागीबाट ८ लाख ७८ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

अवधेशकुमार

Link copied successfully