ड्युटीका प्रहरीले मोबाइल चलाउन नपाउने

फाल्गुन २३, २०८१

अवधेशकुमार झा

Police on duty are not allowed to use mobile phones

राजविराज — सप्तरी जिल्लामा ड्युटीमा खटिएका बेला प्रहरी कर्मचारीले मोबाइल चलाउन नपाउने भएका छन् ।

जिल्ला प्रहरी कार्यालयले ड्युटीमा खटिएका बखत कमान्डरबाहेक अन्य प्रहरीले मोबाइल चलाउन नपाइने प्रावधान लागू गरेको छ । खटिएका बेला कमान्डरले पनि अत्यावश्यक परेको खण्डमा मात्र ड्युटीकै कामका लागि भने मोबाइल प्रयोग गर्न पाउनेछन् । 

ड्युटीमा खटिएका बेला प्रहरीले मोबाइल चलाउदा सुरक्षा निगरानी प्रभावकारी हुन नसकेको, मोबाइलतर्फ ध्यान हुँदा प्रहरी आफै पनि असुरक्षित हुन सक्ने भएकाले मोबाइल प्रयोगमा रोक लगाएको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । 

यो प्रावधानलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले कडाइका साथ कार्यान्वयन गरेको छ । दिउँसो, राति जिल्ला प्रहरीले छुट्टै टोली पठाएर पनि खटिएका प्रहरीसँग मोबाइल छ/छैन भनेर चेक गर्ने गरेको छ ।

ड्युटीमा रहेका प्रहरीहरु मोबाइलमा लामो समय गफिदै बस्ने,फेसबुक, टिकटक लगायत सामाजिक सञ्जालमा व्यस्त रहने गुनासोपछि प्रहरी ड्युटीका बेला मोबाइल प्रयोगमा रोक लगाइएको हो ।

अवधेशकुमार

Link copied successfully