राजविराज — पाँच जनाको ज्यान जाने गरी २०७३ साल फागुन २३ गते भएको सप्तरीको मलेठ घटनाको सम्झनामा शुक्रबार राजविराज नगरपालिकाले बिदा दिएको छ ।
मलेठ घटनामा सहिद भएकाहरुको सम्झनामा शुक्रबार राजविराज नगरपालिका मातहत अत्यावश्यक सेवा बाहेकका निकायहरुमा बिदा दिएको कार्यवाहक नगरप्रमुख इशरत परविणद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
नेकपा एमालेले तात्कालीन अवस्थामा सुरु गरेको मेची महाकाली अभियान अन्तर्गत राजविराजको मलेठमा आयोजना गरिएको सभाका क्रममा तात्कालीन मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा प्रहरीको गोली लागि पाँच जनाको मृत्यु भएको थियो । सरकारले उक्त घटनामा मृत्यु भएका पाँचै जनालाई सहिद घोषणा गरेको थियो ।
