बसको ठक्करले माेटरसाइकल चालककाे मृत्यु

फाल्गुन २३, २०८१

लक्ष्मी साह

A motorcycle driver died after being hit by a bus

बारा — पूर्व-पश्चिम हुलाकी मार्गअन्तर्गत् बाराकाे कलैया उपमहानगरपालिका-१४ बघवनमा शुक्रबार बसको ठक्करबाट माेटरसाइकल चालककाे मृत्यु भएकाे छ ।

बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको ना ६ ख ५०६७ नम्बरको बसले कलैयाबाट पूर्वतर्फ जाँदै गरेको ना ३९प ७३६७ नम्बरकाे  मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परी मोटरसाइकल चालक रौतहट बिजयपुर लक्ष्मिनियाँ नगरपालिका-५ का ३५ वर्षीय अनिलप्रसाद यादवकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले बताए ।

दुर्घटनामा घाइते भएका यादवलाई उपचारकाे लागि कलैया प्रादेशिक अस्पताल ल्याएकाेमा उपचार नहुँदै चिकित्सकले मृत्यु भएकाे घोषणा गरेका थिए । उनको शव कलैया अस्पतालमा राखिएको छ । बसका चालक भने फरार छन् । बस जिल्ला प्रहरी कार्यालयकाे नियन्त्रणमा छ ।

लक्ष्मी साह कान्तिपुरका बारा संवाददाता हुन् ।

Link copied successfully