महोत्तरीमा बस पल्टिँदा १५ जना घाइते

फाल्गुन २३, २०८१

सुनिता बराल

15 people injured when a bus overturned in Mahottari

महोत्तरी — महोत्तरी गाउँपालिका-५ स्थित गोरिगामा बस पल्टिँदा १५ जना यात्रु घाइते भएका छन् ।  ना ३ ख ८९९७ नम्बरको यात्रुवाहक बस गति अनियन्त्रित भई खेतमा पल्टिएको महोत्तरी प्रहरीले जनाएको छ। 

घाइतेहरू खतरामुक्त रहे पनि आवश्यक उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर तथा अन्य स्थानहरूमा पठाइएको महोत्तरीका प्रवक्ता डीएसपी सन्तलाल प्रसाद जयसवारले जानकारी दिए । 

बस पल्टेपछि चालक र सहचालक भने फरार भएका छन् । प्रहरीले घटनाबारे थप बुझिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

सुनिता बराल कान्तिपुरकी महोत्तरी संवाददाता हुन् ।

Link copied successfully