प्रधानमन्त्री ओलीद्वारा कागज उद्योगको उद्घाटन

फाल्गुन २२, २०८१

कान्तिपुर संवाददाता

Inauguration of paper industry by Prime Minister Oli

महोत्तरी — प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाल पल्प  एन्ड पेपर इण्डष्ट्रिज’को आज उद्घाटन गरेका छन् । महोत्तरीको गौशालामा आयोजित कार्यक्रमबीच प्रधानमन्त्री ओलीले सो उद्योगको उद्घाटन गरेका हुन् । 

आइए मई ग्रुपले स्थापना गरेको यस उद्योग सञ्चालनमा आएसँगै प्रयोग भइसकेका कागजबाट नेपालमै नयाँ कागज उत्पादन गर्न सकिने जनाइएको छ । जसका कारण कागज आयातमा कमी आउनेछ भने उद्योगले करिब तीन सयलाई रोजगारी दिने जनाएको छ । 

नेपालमा वार्षिक करिब एक लाख ५० हजार मेट्रिक टन कागज खपत हुने गरेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully