सिरहामा जबर्जस्ती करणी आरोपमा प्रहरी जवान पक्राउ

फाल्गुन १८, २०८१

विनय आजाद

Police constable arrested on charges of extortion in Siraha

सिरहा — सिरहामा जबर्जस्ती करणी आरोपमा नेपाल प्रहरीका एक जवान पक्राउ परेका छन् । सिरहा प्रहरीले प्रहरी जवान नवीन यादवलाई पक्राउ गरेको हो । उनी इलाका प्रहरी कार्यालय, लहानमा कार्यरत थिए । 

एक महिलाले उनीविरुद्ध बिहे गर्ने आश्वासन दिएर दुई वर्षदेखि पटक-पटक जबरजस्ती करणी गरेको आरोप लगाउँदै जाहेरी दिएकी थिइन् । यादवलाई गत १५ गते नै पक्राउ गरिएको र अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्र पासवानले जानकारी दिए ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully