माधवनारायण–४ का वडाध्यक्ष मुखियाको निधन

फाल्गुन १७, २०८१

रासस

Madhavnarayan-4's Ward Head Mukhiya passed away

रौतहट — माधवनारायण नगरपालिका–४ का वडाध्यक्ष रामदेनी मुखियाको निधन भएको छ । 

फोक्सोको क्यान्सरबाट पीडित ६० वर्षीय उनको आज बिहान आफ्नै निवासमा निधन भएको माधवनारायण नगरपालिकाका प्रमुख बैजनाथ यादवले जानकारी दिए । 

उनी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट वडाध्यक्ष निर्वाचित भएका थिए । 

रासस

Link copied successfully