सिरहा आइपुगे दाहाल

फाल्गुन १६, २०८१

विनय आजाद

Sirah arrived in Dahal

सिरहा — माओवादी अध्यक्ष पुष्पकमल दाहाल सिरहा आइपुगेका छन् । बिहीबार राति सप्तरीमा बास बसेका उनी शुक्रबार साँझ भगवानपुर गाउँपालिकास्थित भगवानपुर चोक आइपुगेका हुन् ।

हुलाकी राजमार्गकेन्द्रित मधेश जनजागरण अभियानमा रहेका उनको साथमा नारायणकाजी श्रेष्ठ, अग्निप्रसाद सापकोटा, जनार्दन शर्मा, वर्षमान पुन, मातृकाप्रसाद यादवलगायतका शीर्ष नेताहरु पनि सहभागी छन् ।

उनीहरु आज राति भगवानपुरमै स्थानीयको घरमा बास बस्ने छन् । उनले सामूहिक बलात्कारपछि मृत भेटिएकी नवराजपुरकी रिंकु सदायको परिवारलाई शनिबार भेट्ने कार्यक्रम छ ।

यस्तै, भगवानपुर सिरहा सडकखण्डमा आयोजित अन्य कार्यक्रमपछि दिउँसो १ बजे उनी सिरहा सदरमुकाममा आयोजित जनसभामा सहभागी हुने माओवादीका सिरहा इन्चार्ज अजयशंकर नायकले जानकारी दिए ।

Sirah arrived in Dahal

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully