महोत्तरी जिल्ला अदालतकी न्यायाधीश घिमिरे सर्वोच्च तानिइन्

हत्या मुद्दामा पीडित परिवारसँगको भेट र थुनामा रहेका आरोपी घटनामा संलग्न नरहेको बताएपछि विवादमा तानिएकी थिइन्

फाल्गुन १३, २०८१

सन्तोष सिंह

Judge Ghimire of Mahottari District Court was dragged to the Supreme Court

धनुषा — महोत्तरी जिल्ला अदालतका न्यायाधीश फणेश्वरी घिमिरलाई सर्वोच्च अदालतले काजसरुवा गरेको छ । अपहरण, शरीर बन्धक, कर्तव्य ज्यान र व्यक्ति बेपत्तासम्बन्धी मुद्दाको सुनुवाइका क्रममा विवादमा तानिएकी न्यायाधीश घिमिरेलाई सर्वोच्च अदालतले काजसरुवा गरेको महोत्तरी जिल्ला अदालतकी श्रेस्तेदार नुतन झाले बताइन् ।

न्यायाधीश घिमिरेको काज सरुवाको पत्र सोमबार साँझ सर्वोच्च अदालतबाट आएको थियो । मंगलबार न्यायाधीश घिमिरे काठमाडौं गइसकेकी छिन् । 

जिल्ला अदलातमा हत्या मुद्दाको नियमित सुनवाइका क्रममा इजलास नम्बर-६ की न्यायाधीश घिमिरे र अदालतका कर्मचारी मृतक झाको घरमा पुगेर कुराकानी गरेपछि विवादित बनेकी थिइन् । न्याय परिषद्ले सोमबार घिमिरेको इजलासमा रहेको महोत्तरीको पिपरा सहोडवाका मुसाफिर झा र गीतादेवी झा हत्या मुद्दाको मिसिलको प्रमाणित प्रतिलिपि  मागेको थियो । 

थुनामा रहेका मुख्य आरोपी भारतीय नागरिक हरेन्द्र ठाकुर हत्यामा संलग्न भएको कुनै प्रमाण नरहेको बताएको सार्वजनिक भएपछि न्यायाधीश घिमिरे विवादमा मुछिएकी हुन् । घरमै गएर न्यायाधीशले गरेको संवाद र इजलास नं. ६ मै लगातार ५ पटक पेसी पर्नु, अन्य इजलासमा पेसी पर्दा अभियुक्तहरूका तर्फबाट पेसी सार्ने घटनाक्रमले पनि उनी विवादमा मुछिएकी हुन् । 

Judge Ghimire of Mahottari District Court was dragged to the Supreme Courtहत्या भएका झा दम्पती

२०७७ साल फागुन ११ गते पिपरा गाउँपालिका–५ सहोडवाका झा दम्पतीको शव अपहरणपछि हत्या भएको अवस्थामा चैत १२ गते पिपरा–मटिहानी सडकखण्डमा रहेको कल्भर्टनजिकै बोरामा सडेको अवस्थामा फेला परेको थियो । प्रहरीले हत्यामा संलग्न ९ जनालाई पक्राउ गरी मुद्दा चलाएको थियो ।

हत्या आरोपमा पिपरा गाउँपालिका-५ का ७२ वर्षीय तेजनारायण झा, अंशु झा, कैलाश झा, रामबाबु यादव, सुरेन्द्र यादव, रजिन्द्र यादव, तारादेवी झा, बबलु झासहित भारतीय नागरिक मधुबनी जिल्ला तरैया ग्रामपञ्चायत–२ अंदौलीका हरेन्द्र ठाकुर पक्राउ परेका थिए । हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका ३ जना कैलाश यादव, हरेन्द्र ठाकुर र रामबाबु यादव पुर्वपक्षका लागि थुनामा छन् ।

सम्बन्धित समाचार

सन्तोष सिंह सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully