सशस्त्र प्रहरीद्वारा वीरगन्जबाट २५ लाखभन्दा बढीको अवैध कपडा बरामद

फाल्गुन १३, २०८१

शंकर आचार्य

Illegal clothes worth more than 2.5 million seized from Birganj by Armed Police

पर्सा — सशस्त्र प्रहरीले सोमबार वीरगन्जबाट २५ लाखभन्दा बढीको भन्सार छलीको कपडा बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा  प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट खटिएको टोलिले विरगन्ज भन्सार कार्यालयको सहयोगमा वीरगन्ज महानगरपालिका-६ महावीर स्थानबाट चाचान मार्केटमा रहेको शिवम इम्पोरियम पसल र मार्केटको पूर्वपट्टि त्रिभुवन राजपथमा रहेको बाबुलाल चाचानको पुरानो घरको ग्राउन्ड फ्लोरमा अवैध रुपमा गोदाम गरेर राखेको २५ लाख ११ हजार ५ सय ३० रुपैयाँ बराबरको कपडा बरामद गरेको हो । बरामद कपडा वीरगन्ज भन्सार कार्यालयमा बुझाएको छ । 

सशस्त्र प्रहरी पर्सामा सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्र सिंह धामीले जानकारी दिएका छन् ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully