गाँजा र चरेससहित भारतीय युवक पक्राउ

फाल्गुन ८, २०८१

कान्तिपुर संवाददाता

Indian youth arrested with marijuana and hashish

पर्सा — वीरगन्ज महानगरपालिका–१६ बाट एक भारतीय युवक गाँजा र चरेससहित पक्राउ परेका छन् । भारत पश्चिम बंगाल नदिया थाना बधकुल्ला बजार कोलनीका २८ वर्षीय राज अधिकारी पक्राउ परेका हुन् ।

उनलाई प्रहरी चौकी इनर्वाबाट खटिएको नियमित जाँच टोलीले नेपालबाट भारत जाने क्रममा बुधबार पक्राउ गरेको हो । अधिकारीले बोकेको क्यामो ब्यागभित्र ससाना पोकामा लुकाइछिपाइ राखिएको लागुऔषध गाँजा ६ किलो ३ सय ग्राम र २ किलो १ सय ग्राम चरेस प्रहरीले बरामद गरेको छ ।

अधिकारीविरुद्ध लागुऔषधसम्बन्धी कसुरमा थप अनसुन्धान कार्य भइरहको पर्सा प्रहरी प्रवक्ता डीएसपी सुवास भट्टले बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully