सिरहा — सिरहाकी रिंकु सदा र भैरहवाकी प्रकृति लम्सालको न्यायका लागि वीरगन्जमा प्रदर्शन भएको छ । स्थानीय युवा तथा विद्यार्थीहरूले बिहीबार प्रदर्शन गरेका हुन् ।
रिंकु अपहरण र सामूहिक बलात्कारमा परेको घटना गाउँमै मिलाउन भएको पञ्चायतीपछि आफ्नै घरमा गत माघ ३० गते साँझ झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् भने प्रकृति भारतको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को छात्रावासमा गत फागुन ४ गते मृत भेटिएकी थिइन् ।
रिंकु र प्रकृतिको सम्झनामा उनीहरूले मैनबत्ती बाल्दै वीरगन्ज परिक्रमा गर्दै प्रदर्शन गरे । दुवै घटनामा संलग्नहरूलाई सूक्ष्म छानबिन गरी कडा कारबाही गर्नुपर्ने माग उनीहरूको छ ।
