मधेशका मन्त्री रायसँग कांग्रेसले माग्यो स्पष्टीकरण

फाल्गुन ८, २०८१

सन्तोष सिंह

Congress demanded an explanation from Madhesh Minister Rai

धनुषा — मधेश प्रदेशका श्रम तथा यतायातमन्त्री कौशलकिशोर रायसँग कांग्रेस जिल्ला अनुशासन समिति सर्लाहीले स्पष्टीकरण मागेको छ । कांग्रेसलाई बदनाम गराउने र संगठन कमजोर पार्ने खालको पार्टीको अनुशासन र मर्यादाविपरीत क्रियाकलापमा लागेको उजुरी आएकोले अनुशासनको कारबाही किन नगर्ने भन्दै मन्त्री रायलाई ७ दिनभित्र लिखित जवाफ कांग्रेस जिल्ला अनुशासन समितिले सर्लाहीले मागेको छ ।

सर्लाही निर्वाचन क्षेत्र नम्बर २ को क्षेत्रीय सभापति र क्षेत्र नं.२ (२) बाट निर्वाचित प्रदेश सांसदसमेत रहेका मन्त्री रायले संघीय निर्वाचनदेखि हालसम्म पार्टीको मर्यादा र अनुशासन ख्याल नगरी अन्य विचारधारा भएका राजनीतिकर्मी र नेताहरुका राजनीतिक कार्यक्रममा भाग लिएको समेत आरोप लागेको छ ।

पार्टीको मर्यादा र अनुशासनको ख्यालै नगरी पार्टीलाई तथ्यहिन आरोप तथा गालीगलौज हुँदा समर्थन गरेको भन्दै मन्त्री रायविरुद्ध उजुरी आएपछि कांग्रेस जिल्ला अनुशासन समिति संयोजक सरोज कुमारले मन्त्री रायसँग स्पष्टीकरण मागेका हुन् । 

सन्तोष सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully