पर्सा — प्रहरीले शुक्रबार वीरगन्जबाट एक व्यक्तिलाई लागूऔषध चरेससहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही बिष्णु गाउँपालिका–४ मधुवन गोठका ४५ वर्षीय सुधीर कर्ण रहेका छन् ।
शुक्रबार बिहान १० बजेर १० मिनेटका समयमा प्रहरीले उनलाई वीरगन्ज मनपा–१६ स्थित सडकबाट पक्राउ गरेको हो । अस्थायी प्रहरी पोष्ट ईनर्वागाउँबाट नियमित चेकिङमा खटिएको प्रहरी टोलीले कर्णले बोकेको रातो रङको डब्बा (ग्यालेन) मा खाने घिउ राखेको रातो प्लास्टिकमा स-साना पोका बनाई लुकाइराखेको डब्बासहित १२ किलो लागूऔषध चरेस बरामद गरेको जनाएको छ ।
कर्णविरुद्ध लागूऔषधसम्बन्धी कसुरमा थप अनसुन्धान कार्य भइरहेको पर्सा प्रहरी प्रवक्ता डीएसपी सुवास भट्टले जानकारी दिए ।
