सासूको हत्या गरेको अभियोगमा बुहारी पक्राउ

माघ ३०, २०८१

कान्तिपुर संवाददाता

Daughter-in-law arrested for murdering mother-in-law

धनुषा — जनकनन्दनी गाउँपालिका-५ उधा बस्ने ६५ वर्षीया समुन्द्री देबी मण्डलको हत्या गरेको अभियोगमा उनकै बुहारी ३५ वर्षीया रक्षा कुमारी मण्डललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । 

घरायसी बादविवादको क्रममा उनीहरूबीच झै-झगडा भई कुटपिट हुँदा समुन्द्रीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न रक्षा कुमारीलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

कान्तिपुर

Link copied successfully