पाँच दशक पुरानो पुलको बिम चर्कियो

समयमै मर्मत नगरे राजमार्गको यात्रा अवरुद्ध हुन सक्ने

माघ १५, २०८१

शिव पुरी

The beam of the five-decade-old bridge cracked

काठमाडौँ — पूर्व-पश्चिम मुख्य राजमार्गअन्तर्गतको रौतहटको चन्द्रपुर–१ स्थित रौतहट–सर्लाही जोड्ने वाग्मती पुलको स्टिल बिम अर्थात् ‘गिर्डर’ चर्किएको छ । सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका अनुसार ५५ वर्ष पुरानो पुलको पूर्वतर्फ सात नम्बरको स्परमाथि जडान गरिएको बिम झण्डै ८ सेन्टिमिटर चर्किएको हो ।

सडक कार्यालयका इन्जिनियर प्रकाश यादवले बिम चर्किएर सवारी आवतजावतमा समस्यामा हुने बताए ।

‘एकै पटक चार/पाँचवटा मालवाहक सवारी पुलमाथिबाट गुड्न थाले भने ठूलो जोखिम निम्त्याउँछ,' उनले भने, ‘मालवाहक सवारीलाई एकपटकमा एउटा चल्ने वातावरण मिलाउन रौतहट र सर्लाही जिल्ला ट्राफिक प्रहरीलाई अनुरोधसहित पत्राचार गरिसकेका छौं ।’

सडक डिभिजनले पुल चर्किएको बारे पुल महाशाखा काठमाडौंलाई जानकारी गराइसकेको छ ।

स्थानीय गोपाल घिमिरले समयमै  पुल नबनाए ठूलो जोखिम हुन सक्ने बताए । उनले भने, ‘हामीले पुल जीर्ण बन्दै गयो भनेर सडक डिभिजनलाई पटक-पटक भन्दै आएका छौं  । तर सडकले मर्मतमा चासो देखाएको छैन ।’

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully