कान्तिपुरकर्मी ठाकुरलाई मातृशोक

माघ १४, २०८१

कान्तिपुर संवाददाता

Condolences to Kantipurkarmi Thakur

जनकपुर — कान्तिपुरकर्मी ओमप्रकाश ठाकुरलाई मातृशोक परेको छ । ठाकुरकी आमा वैदेही देवीको शनिबार निधन भएको हो । उनी उत्तर प्रदेशको प्रयागराजमा चलिरहेको कुम्भ स्नानमा जाने क्रममा अचानक अचेत भएकी थिइन् ।

तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल मंलगवा ल्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । चिकित्सकहरूका अनुसार उनलाई हृदयघात भएको हो ।

परिवारका सदस्यका अनुसार उनको आइतबार अन्तिम संस्कार गरिएको छ । २०११ साल वैशाख १७ गते जन्मिएकी वैदेही देवीका श्रीमान्, १ छोरा र ४ छोरी रहेका छन् । 

कान्तिपुर

Link copied successfully