१ सय ९५ किलोग्राम गाँजासहित एक जना पक्राउ

माघ ६, २०८१

कान्तिपुर संवाददाता

One person was arrested with 195 kg of marijuana

पर्सा — वीरगन्ज महानगरपालिका-१९ बर्वाबाट  गाँजा १ सय ९५ किलोग्राम सहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-१२ रमनटार बस्ने ३६ वर्षीय सुकलाल महर्जनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पोखरीया समेतबाट खटिएको प्रहरीले बा.प्र.०३-००१ ख ३५८७ नम्बरको ट्रकबाट उक्त परिमाणको गाँजा अनलोड गरी परालको थुप्रोमा लुकाई छिपाई भाग्ने क्रममा ट्रक चालक सुकलाललाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कान्तिपुर

Link copied successfully