पर्सा — सशस्त्र प्रहरी बल पर्साले आइतबार एक भारतीय नागरिकलाई स्रोत नखुलेको ६ लाख ५ हजारभन्दा बढी नगदसहित पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जको टोलीले आइतबार दिउँसो साढे ३ बजेतिर वीरगन्ज महानगरपालिका-१६, भन्सार मेनगेटमा जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको बा ४१ प ८४९३ नम्बरको मोटरसाइकलमा सवार भारत बिहार पूर्वी चम्पारण जिल्ला पन्टोका ग्राम पंचायत-१ भलुवाहा बस्ने ३८ वर्षीय विशेश्वर यादवले लुकाई छिपाई ल्याइरहेको ६ लाख ५ हजार १ सय ८५ रुपैयाँ बरामद गरेको हो ।
बरामद भएको मोटरसाइकलको मूल्य २ लाख रुपैयाँ र एक थान मोबाइलको मूल्य २५ हजार रुपैयाँसहित जम्मा मूल्य ८ लाख ३० हजार १ सय ८५ रुपैयाँ बराबरको धनमाल नियन्त्रणमा लिएको सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्र सिंह धामीले जानकारी दिएका छन् ।
यादवमाथि आवश्यक अनुसन्धान तथा कार्बाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ ।
