सिरहा — सिरहाबाट तस्करी गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा दुई ट्रयाक्टर क्लोजअप टुथपेस्ट प्रहरीले बरामद गरेको छ ।
भगवानपुर गाउँपालिका–४ स्थित सीमाक्षेत्र नजिकैबाट सशस्त्र प्रहरीले उक्त टुथपेस्ट बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल सिरहाका अनुसार मंगलबार बिहान बरामद गरिएको उक्त टुथपेस्ट १ सय ५८ कार्टुन छ भने त्यसको मूल्य ७ लाख ९० हजार हाराहारी रहेको छ ।
यस्तै, तस्करीमा प्रयोग गरिएका दुवै ट्रयाक्टर पनि नियन्त्रणमा लिइएको सिरहाका सशस्त्र प्रहरी प्रमुख नरेश भण्डारीले जानकारी दिए । उनका अनुसार टुथपेस्ट र ट्रयाक्टर ठाडी भन्सार कार्यालयमा बुझाइएको छ ।
