अवैध सामानसहित दुईजना पक्राउ

माघ १, २०८१

शिव पुरी

Two arrested with illegal goods

रौतहट — रौतहटको बडहर्वा प्रहरी चौकीले भारतबाट अवैध रुपमा ल्याइँदै गरेको सामानसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले दुवैजनालाई सामानसहित पक्राउ गरेर मंगलबार सार्वजनिक गरेको हो । 

प्रहरी चौकी बडहर्वाबाट खटिएको गस्ती टोलीले सोमबार राति दुर्गा भगवती गाउँपालिका–५ वाग्मती नदी नजिक बिआर ३० डि २३२२ र बिआर ३० एस ३३८३ नम्बरको भारतीय मोटसाइकलमा अवैध रुपमा भन्सार राजस्व छलेर भारतबाट ल्याउँदै गरेको कपडासहित दुर्गाभगवति–५ का किशोरी चौधरी कलवार र नरेश साह तेलीलाई पक्राउ गरिएको जिल्ला प्रहरी गौरका प्रहरी निरीक्षक उमाशंकर गुप्ताले जानकारी दिए । ‘पक्राउ परेका मानिस र सामानबारे अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘भारतबाट अवैध सामान ल्याउने गिरोह पत्ता लगाउने काम हुँदै छ ।’

शिव पुरी उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully