राजविराज — सप्तरी प्रहरीले शनिबार ६ सय ७० किलो गाँजा नियन्त्रणमा लिएको छ । बलानबिहुल गाउँपालिका-१ चनहीको कमलदाहामा परालले छोपिएको अवस्थामा ६ सय ७० किलो गाँजा प्रहरीले नियन्त्रणमा लिएको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।
२४ वटा प्याकेटमा राखेर परालले छोपिएको अवस्थामा प्रहरीले उक्त गाँजा फेला पारेको हो । सप्तरी प्रहरीले यसअघि गत मंसिर ३ गते राति राजगढ गाउँपालिकाबाट बालुवा बोक्ने ट्रिपरमा लोड गरिएको अवस्थामा १ हजार ७ सय १७ किलो गाँजा नियन्त्रणमा लिएको थियो ।
पूर्वी पहाडी जिल्लाबाट सप्तरी ल्याएर गाँजा भण्डारण गरिने र यहाँबाट भारततर्फ तस्करी हुने गरेको छ ।
